logo

२०८३ साउन १४ बिहिबार

टर्कीमा भूकम्पपछि २७ लाख मानिस विस्थापित

टर्कीमा भूकम्पपछि २७ लाख मानिस विस्थापित


हाम्रो राष्ट्र
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1K
    SHARES

    टर्कीमा गएको भूकम्पमा परी ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै एक लाख १५ हजार व्यक्ति घाइते भएका संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।

    सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ मा ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु कहरमानमारस प्रान्तको पाजारसिक जिल्लामा रहेको थियो ।

    भूकम्पले छिमेकी प्रान्तहरू अदियामान, हताय, कहरमनमारस, किलिस, उस्मानिये, गजियान्टेप, मालत्या, सानलियुर्फा, दियारबाकिर, एलाजिग र अदानालाई प्रभावित गरेको थियो । उक्त क्षेत्रमा करिब १८ लाख सिरियाली शरणार्थीसहित लगभग एक करोड ४० लाख मानिसहरू बसोबास गर्छन् ।

    त्यस क्षेत्रमा ९ घण्टापछि ७.५ म्याग्निच्यूडको दोस्रो ठूलो भूकम्प गएको थियो जसका कारण थप ठूलो क्षति हुनुका साथै क्षतिग्रस्त भवनहरू ध्वस्त भएका थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले तयार पारेको ‘सन् २०२३ को भूकम्प विस्थापन’ प्रतिवेदनअनुसार कूल २७ लाख मानिसले विपद् क्षेत्र छाडेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend