logo

२०८३ साउन १४ बिहिबार

रोहिंगा शरणार्थी शिविरमा भीषण आगलागी, दुई हजार टहरा जलेर नष्ट

रोहिंगा शरणार्थी शिविरमा भीषण आगलागी, दुई हजार टहरा जलेर नष्ट


हाम्रो राष्ट्र
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1K
    SHARES

    दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिंगा शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन् ।

    बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन् । कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै २ हजार वटा टहरा जलेर नष्ट भएका छन् ।

    आगो नियन्त्रणमा आएपछि काम लाग्ने सामान खोज्न सयौँ मानिसहरू सोमबार बिहान घटनास्थलमा फर्किएका छन् । छिमेकी देश म्यान्मारमा हिंसा फैलिएपछि विस्थापित भएका हजारौँ मानिसले बाङ्ग्लादेशमा शरण लिइरहेका छन् ।

    छिमेकी देश म्यान्मारमा हिंसा फैलिएपछि विस्थापित भएका हजारौँ मानिसले बाङ्ग्लादेशमा शरण लिइरहेका छन् । आगलागीको कारण थाहा हुन सकेको छैन।

    तर उक्त घटनामा कोही पनि हताहत भने भएनन् । कसैले जानीजानी लागो लगाएको हो कि भनेर प्रहरीले छानबिन गरिरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

    आगलागी तीन घण्टाभित्र नियन्त्रणमा लिइएको भए पनि कम्तीमा पनि ३५ वटा मस्जिद र २१ वटा प्रशिक्षण केन्द्रहरूमा क्षति पुगेको बताइएको छ । घटनास्थलमा भएको विध्वंस देखिने तस्बिरहरू सार्वजनिक हुन थालेका छन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend