logo

२०८३ साउन १४ बिहिबार

पहिलो एकदिवसीयमा भीम सार्कीको अर्धशतक पूरा

पहिलो एकदिवसीयमा भीम सार्कीको अर्धशतक पूरा


हाम्रो राष्ट्र
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत अहिले नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

    भीम सार्कीले ७८ बल खेल्दै आफ्नो पहिलो एकदिवसीय अर्धशतक पूरा गरेका हुन् । भीमले पाँचौ एकदिवसीय खेलमा आफ्नो पहिलो अर्धशतक बनाएका छन् । अहिले उनलाई आरिफ सेखले १९ रन बनाएर साथ दिइरहेका छन् ।

    नेपालका सन्दीप लामिछाने २७ रन बनाएर आउट भएका छन् भने यसअघि नेपालका कुशल मल्ल ३२ रन, रोहित पौडेलले १, ओपनर आसिफ सेख ६ रन, ज्ञानेन्द्र मल्ल २६ बलमा ११ रन र दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउट भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend