logo

२०८३ साउन १३ बुधबार

चर्च ब्वाइज सेमिफाइनल पुग्यो, आज यी क्लबबीच प्रतिस्पर्धा हुने

चर्च ब्वाइज सेमिफाइनल पुग्यो, आज यी क्लबबीच प्रतिस्पर्धा हुने


हाम्रो राष्ट्र
  • बुधबार, १४ चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटरफाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

    राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले गोल गरेर आफ्नो टोलीलाई जिताएका हुन् । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएर आफ्नो समूहको साख जोगाएका थिए ।

    खेलको ३७ औँ मिनेटमा अबयोमीले गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावाले खेलको ८२औँ मिनेटमा गोल फर्काउन सफल भएका थिए ।

    मङ्गलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका ठकुरी घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend