logo

२०८३ साउन १४ बिहिबार

यमनमा पोलियो विरुद्धको खोप अभियान सुरु

यमनमा पोलियो विरुद्धको खोप अभियान सुरु


हाम्रो राष्ट्र
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1K
    SHARES

    यमनको युद्धग्रस्त क्षेत्रमा पछिल्ला केही समययता पोलियो रोगको समस्या देखिएकाले यहाँको सरकारले यसका विरुद्धमा पोलियो खोप अभियान सुरु गरेको छ ।

    यमन सरकारले युद्धग्रस्त क्षेत्रहरुमा देखिएको पोलियोको प्रकोप नियन्त्रणका लागि सो अभियान राष्ट्रव्यापी रुपमा नै सञ्चालनमा ल्याएको बताइएको छ ।

    यो अभियान यहाँको आडेन क्षेत्रका १२ लाख भन्दा बढी बालबालिकालाई लक्षित गरिएको बताइएको छ । सो क्षेत्रका पाँच वर्ष मुनिका ती बालबालिकालाई पहिलो चरणमा यो अभियानमार्फत् पोलियोको खोप लगाइने छ ।

    आडेन यहाँको बढी द्वन्द्व चर्किएको क्षेत्र हो । यस क्षेत्रका पनि गाउँ गाउँमा स्वास्थ्य संरचना एवं औषधिको अभावमा पोलियोको असर देखिएको र यो फैलिन सक्ने अवस्था पनि रहने भएकाले त्यसलाई मध्यनजर गर्दै पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको बताइएको छ ।

    साउदी अरेबियाको सहयोग रहेको यमनको सरकारले अहिले यहाँका १२ वटा प्रान्तमा यो अभियान सञ्चालन गरिरहेको र यसका लगि सयौँ स्वास्थ्यकर्मी खटाइएको छ ।

    ती स्वास्थ्यकर्मीहरुले आडेन सहर र यसको वरपरका क्षेत्र र ग्रामीण क्षेत्रहरुमा घर घरमा पुगेर बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend