logo

२०८३ साउन १४ बिहिबार

एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने

एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने


हाम्रो राष्ट्र
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल एथलेटिक्स संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित ११ देशका खेलाडीले ४ विधाको व्यक्तिगत र समूहगत प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

    गोकर्ण गल्फ क्लबमा हुने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड खेलाडीको सहभागिता रहनेछ । त्यसमा नेपालका सबै भन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ । छनोट प्रतियोगिताबाट छानिएका खेलाडीलाई संघले बन्द प्रशिक्षणमा राखेको छ ।

    च्याम्पियनसिपमा सिनियर महिाला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलाातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले च्याम्पियनसिपमा भाग लिने संघका अध्यक्ष राजीव विक्रम शाहले जानकारी दिए ।

    नेपालले २२ वर्षपछि यो च्याम्पियनसिप आयोजना गर्न लागेको हो । सन् २००१ मा छैटौं संस्करण आयोजना गर्दा नेपालले जुनियर महिलातर्फ कास्य पदक जितेको थियो । नेपाली सिनियर खेलाडी पुष्पा भण्डारीलगायत सहभागी अन्य देशका खेलाडीले उच्च प्रदर्शनको अपेक्षा राखेको बताएका छन्।

    यसपटक च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, कर्णाली खेलकुद लकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहेको छ ।

    त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट रहेका छन् ।

    च्याम्पियनसिपका लागि एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष जेनेरल दालान अ हमादलगायत अन्य प्राविधिकहरुको आगमन भइसकेको संघले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले च्याम्पियनसिपको उद्घाटन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend