logo

२०८३ साउन १४ बिहिबार

जारग्राद समूहका अध्यक्षको विफल हत्याको योजनामा दक्षिणपन्थी समूहको हात रहेको एफएसबीको दाबी

जारग्राद समूहका अध्यक्षको विफल हत्याको योजनामा दक्षिणपन्थी समूहको हात रहेको एफएसबीको दाबी


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    रूसको गुप्तचर सुरक्षा सेवा (एफएसबी) ले रूसी अति दक्षिणपन्थी समूहले गत हप्ता युक्रेनबाट देशको सीमाभित्र प्रवेश गरी एक उद्योगीको हत्या गर्ने असफल प्रयास गरेको जनाएको छ ।

    सङ्घीय सुरक्षा सेवाले जारग्राद समूहका अध्यक्ष कोन्स्टेन्टिन मालोफीभको हत्या प्रयास विफल पारिएको एफएसबीले बताएको छ । मालोफेयेभ क्रेमलिनसँग सम्बन्धित व्यवसायी हुन् । उनलाई अमेरिकाले प्रतिबन्ध उल्लङ्घनको लागि दोषी ठहर गरेको थियो ।

    वासिङ्टनले गत महिना आफ्नो जफत गरिएको सम्पत्ति ‘युक्रेनका जनतालाई सहयोग गर्न’ प्रयोग गरिने बताएको थियो ।

    एफएसबीका अनुसार गत साता दक्षिणी ब्रायन्स्क क्षेत्रमा रूसको सीमा मिचेको दाबी गर्ने रुसी स्वयंसेवक क्रोपका संस्थापक डेनिस कापुस्टिनले हत्याको योजना बनाएका थिए । कापुस्टिनको जन्म सन् १९८४ मा भएको र उनी युक्रेनमा बस्दै आएको, कीभको सुरक्षा सेवाबाट आदेश लिने र रुसी सेनाविरुद्ध लड्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

    विफल बनेको उक्त हत्या योजना दक्षिणपन्थी चिन्तक तथा क्रेमलिनसमर्थक अलेक्जेन्डर डुगिनकी छोरी डारिया डुगिनाको गत अगस्टमा भएको हत्यासँग मिल्दोजुल्दो रहेको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend