logo

२०८३ साउन १३ बुधबार

अफगानिस्तानका विश्वविद्यालयमा महिलामाथिको प्रतिबन्ध कायमै

अफगानिस्तानका विश्वविद्यालयमा महिलामाथिको प्रतिबन्ध कायमै


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    अफगानिस्तानका विश्वविद्यालयहरू जाडो विदापछि सोमबारदेखि खुलेका छन् । तर तालिबान अधिकारीहरूले उच्च शिक्षामा महिलाहरूमाथि प्रतिबन्ध लगाएपछि पुरुषहरू मात्र कक्षामा फर्केका छन् ।

    सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि महिलामाथि लगाइएको प्रतिबन्धमध्ये विश्वविद्यालयको प्रतिबन्ध पनि एक हो । तालिवान सरकारले महिला विद्यार्थीहरूले कडा ड्रेस कोड र क्याम्पसभित्र र बाहिर पुरुष नातेदारको साथमा हुनुपर्ने आवश्यकतालाई बेवास्ता गरेको आरोप लगाउँदै छात्राहरूलाई विश्वविद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

    अधिकांश विश्वविद्यालयहरूले पहिले नै लैङ्गिक–पृथक प्रवेशद्वार र कक्षाकोठाहरू सुरु गरिसकेका थिए, साथै महिलाहरूलाई महिला प्रोफेसरहरू वा वृद्ध पुरुषहरूले मात्र पढाउन अनुमति दिएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend