logo

२०८३ साउन १४ बिहिबार

बालुवाटारमा माओवादी धारका राजनीतिक दलहरूको बैठक

बालुवाटारमा माओवादी धारका राजनीतिक दलहरूको बैठक


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहको छ ।

    संक्रमणकालीन न्याय तथा त्यससँग सम्बन्धित मुद्दाहरुबारे साझा धारणा बनाउन माओवादी धारका पार्टीहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डविरुद्धको रिट दायर गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

    प्रचण्डले एउटा सार्वजनिक कार्यक्रमम युद्धकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको मृत्युको जिम्मा आफूले लिने बताएको र सोही आधारमा उनीमाथि अनुसन्धान हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।

    द्वन्द्वकालीन मुद्दा, पछिल्लो समय प्रचण्डविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालतले दिएको आदेशका विषयमा छलफल गरी साझा धारणा बनाउन माओवादी धारका पार्टीहरु छलफलमा जुटेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायत छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend