logo

२०८३ साउन १३ बुधबार

संक्रमणकालीन न्यायको विषयमा एकठाउँ उभिने माओवादी धारका दलहरुको निर्णय

संक्रमणकालीन न्यायको विषयमा एकठाउँ उभिने माओवादी धारका दलहरुको निर्णय


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा एकठाउँ उभिन माओवादी धारका दलहरू एकमत भएका छन् ।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकले . शान्ति सम्झौता र परिवर्तन विरोधी गतिविधिहरूको प्रतिवाद गर्न एकमत हुने निर्णय गरेको हो ।

    संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे ध्यानाकर्षण जनाउँदै माओवादी धारका नेताहरूले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सरकारसँग माग गरेका छन् ।

    बैठकपछि विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ। संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कारवाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं । शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend