logo

२०८३ साउन १३ बुधबार

इरान र रुसका राष्ट्रपतिवीच वार्ता

इरान र रुसका राष्ट्रपतिवीच वार्ता


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    इरान र रुसका राष्ट्रपतिका बीचमा फोनवार्ता भएको छ । इरानका राष्ट्रपति इब्राहिम राइसी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा फोनमा वार्ता भएको हो ।

    उनीहरुका बीचमा दुई देशका बीचको आपसी सम्बन्धका साथै आर्थिक सहयोग र समन्वयका बीचमा कुराकानी भएको थियो ।

    इरानका राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार वार्तामा आर्थिक सहयोगका क्षेत्रहरुका साथै त्यसलाई के कसरी आगामी दिनमा थप विस्तार गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।

    आर्थिक क्षेत्रमा भइरहेका सहयोग आदान प्रदान र लगानीका क्षेत्रहरुलाई आगामी दिनमा थप विस्तार कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको जनाइएको छ । वार्ता खासगरी लगानीका क्षेत्रमा केन्द्रित रहेको र दुई देशका बीचको व्यापार र अन्तर्राष्ट्रिय व्यापार पारवहन लगायतका आर्थिक विषयमा केन्द्रित रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend