logo

२०८३ साउन १५ शुक्रबार

आठदलीय कार्यदलको बैठक बस्दै

आठदलीय कार्यदलको बैठक बस्दै


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ ।

    बैठक अहिले केहीबेरमै नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन् ।

    यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend