logo

२०८३ साउन १३ बुधबार

शेयर बजारमा दोहोरो अंकको बृद्धि

शेयर बजारमा दोहोरो अंकको बृद्धि


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से मंगलबार दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ ।

    माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । बजार बढेको दिन दुई सय ६१ वटा कम्पनीका ४० लाख ५९ हजार कित्ता शेयर एक अर्ब २० करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेड र सुपर मादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend