logo

२०८३ असोज ७ बुधबार

राष्ट्रपति निर्वाचनका लागि सबै सांसदलाई बुधबार काठमाडौं आइपुग्न नौ दलीय गठबन्धनको निर्देशन

राष्ट्रपति निर्वाचनका लागि सबै सांसदलाई बुधबार काठमाडौं आइपुग्न नौ दलीय गठबन्धनको निर्देशन


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । सत्ता साझेदार नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।

    मंगलबार बसेको गठबन्धनको बैठकले सबै मतदातालाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न र दलमा सम्पर्क राख्न निर्देशन दिएको हो ।

    गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको जानकारी दिए ।

    जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले मतदातालाई प्रशिक्षित गर्ने, मत बदर हुन नदिने र समयमै आएर मतदान गर्न समन्वय गर्ने हिसावले गठबन्धनको कार्यदलमा छलफल भएको जानकारी दिए ।

    बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्य मतदाता छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend