logo

२०८३ असोज ७ बुधबार

अब्दुल्लाह अलमुताइरी वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड

अब्दुल्लाह अलमुताइरी वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट प्रशिक्षक बनेका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक बनेका हुन् । वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिश प्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारेका हुन् ।

    अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एसिया कपको छनोटसम्म पुगेको थियो ।

    अलमुताइरीकै प्रशिक्षणमा नेपालले माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको थियो भने नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्री सिरिजमा जित हासिल गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend