logo

२०८३ साउन १५ शुक्रबार

मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैनः प्रधानमन्त्री

मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैनः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले स्थानीय तहले त्यहाँ विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले पाएको बताए । उनले यस विषयमा आफू कसैलाई आरोप प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए ।

    उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढी जानकार रहेको आफूले सुनेको बताए ।

    प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताए । उनले भने, ‘मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीय तहबाट कलेज खोल्ने धेरै पहिलेदेखि कुरा भएको रहेछ । तर नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन ।’

    केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको प्रस्तावमा सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्न दिएर चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend