logo

२०८३ साउन १४ बिहिबार

कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त


हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन् ।

    अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका छन् ।

    विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गरेका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गरेका थिए ।

    बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुनुहुन्छ । कतारी अमिरको उमेर पनि उनकै हाराहारीमा छ । गृहमन्त्री पनि उनीहरूकै समकालीन हुन् ।
    ५५ वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख थिए ।

    केन्द्रीय बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानी विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष मध्येको एक कतार लगानी प्राधिकरणको अध्यक्ष बनेका छन् । यसअघि नयाँ प्रधानमन्त्रीले उक्त पद सम्हालेका थिए ।

    नयाँ सरकारमा रक्षामन्त्री खालिद बिन मुहम्मद अल–अतियाह उपप्रधानमन्त्री बनेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend