काठमाडौं । एसियन क्रस कन्ट्री प्रतियोगितामा नेपालले दुई स्वर्ण, चार रजत र दुई कास्य पदक हात पारेको छ । मंगलबार सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जितेका छन् ।
नेपाल एथलेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ । दीपक, मुकेश र दीपक सुहानले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक जिते ।
त्यस्तै सिनियर महिला र जुनियर महिलामा नेपालले समान दुई रजत पदक जितेको छ । नेपालले थप दुई कांस्य पनि जितेको छ । सो इभेन्टमा मुकुशबहादुर पालले कास्य पदक जिते । जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०६ मा दौड पूरा गरेर रजत पदक पाए । नेपालका मुकेशबहादुर पालले ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते ।
यस्तै जुनियरतर्फ ६ किलोमिटमा राममाया बुढा, टम इभेन्टमा राममाया बुढा, राज्यलक्ष्मी रावल र विमला कार्मीको टोलीले, जुनियर पुरुष(यु–२०) आठ किलोमिटरमा शेरबहादुर अघिकारी, सञ्जय दामाइ र विकेस घिमिरेको टोली, महिला १० किलोमिटरमा राजपुरा पछाइ तथा महिला टिम इभेन्टमा राजपुरा पछाइ, पुष्पा भण्डारी र विन्द्रा धनेको टोलीले रजत पदक जितेको छ ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend