logo

२०८३ असोज ७ बुधबार

अमेरिकामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

अमेरिकामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् ।

    अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।यहाँ कोभिडको सङ्क्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भइसकेको पनि विज्ञप्तिमा जनाइएको छ ।

    पछिल्लो हप्तामात्र (मार्च २ सम्म) यहाँका १९ हजार बालबालिकालाई कोभिड सङ्क्रमण भएको थियो ।यस अघिका हप्ताहरुमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको सङ्क्रमणमा परेका बताइएको छ ।

    अमेरिकामा पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने सङ्क्रमण भइ नै रहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकहरुले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेर अनुसारको तथ्याङ्क लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend