logo

२०८३ साउन १३ बुधबार

डुङ्गा दुर्घटना हुँदा यमनमा २१ जनाको मृत्यु

डुङ्गा दुर्घटना हुँदा यमनमा २१ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    यमनमा डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।

    यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुङ्गा मा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

    उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि जनाइएको छ ।

    आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।

    डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पु¥याइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend