logo

२०८३ साउन १५ शुक्रबार

लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    5fq elnan v]nsf] k|lt:kwf{ lqz"nL, @$ kmfu'g M g'jfsf]6df ;DkGg afx|f}F lhNnf:t/Lo /fi6«klt /lgªlzN8 k|ltof]lutf cGtu{t 5fq elnan tkm{sf] kmfOgn v]ndf tfbL ufFpkflnsf / b'Kr]Zj/ ufFpkflnsfsf] v]nf8L k|lt:kwf{ ub}{ . tl:a/ M /fdxl/ Gof}kfg]÷/f;;

    त्रिशूली । नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।

    जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो ।

    प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पार्यो । प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्णसहित पाँच रजत र १० कास्य जितेको छ भने तेस्रो भएको सूर्यगढी गाउँपालिकाले पाँच स्वर्णसहित नौ रजत र आठ कास्य पदक जितेको आयोजक जिल्ला खेलकुद विकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिइन् ।

    उपाधि बिजेता पालिका र उत्कृष्ट भएका खेलाडी (विद्यार्थी)लाई कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

    प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबर्डी र एथ्लेक्टिक्सको विभिन्न छ बिधाका विभिन्न खेलमा प्रतिस्पर्धा गरिएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend