logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रसंघका महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रसंघका महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    राष्ट्रसंघक महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ ।

    उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् ।

    भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी हुने अनुमान गरिएको थियो ।

    गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend