logo

२०८३ असोज ७ बुधबार

आठराई त्रिवेणीलाई उपमेयर रनिङ कपको उपाधि

आठराई त्रिवेणीलाई उपमेयर रनिङ कपको उपाधि


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    ताप्लेजुङ । ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो ।

    विजेता भएसँगै आठराई त्रिवेणी गाउँपालिकाले नगद एक लाख ११ हजारसहित तीन वर्षे रनिङ कप र प्रमाणपत्र प्राप्त गरेको छ । रनिङ कप एक सय तोला चाँदी र आधा तोला सुन जडित रहेको आयोजकले जनाएको छ ।

    यता उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले भने ५५ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै प्रतियोगिताको तृतीय स्थानमा रहेका सिरिजङ्घा र मेरिङ्देन गाउँपालिकाको टिमलाई नगद नौ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा लगायतले संयुक्तरूपमा पुरस्कार वितरण गरे । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फुङ्लिङ नगरपालिकाले आयोजना गरेको प्रतियोगिता यही फागुन २१ गतेदेखि सुरु भएको थियो ।

    प्रतियोगितामा जिल्लाको मैवाखोला गाउँपालिकाबाहेकका सबै स्थानीय तहबाट खेलाडी सहभागी भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend