logo

२०८३ साउन १४ बिहिबार

नेपालसँग प्यालेस्टाइन ६–० ले पराजित

नेपालसँग प्यालेस्टाइन ६–० ले पराजित


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालले एएफसी यू–२० महिला एसियन कप–२०२४ छनोटको पहिलो खेलमा घरेलु टिम प्यालेस्टाइनलाई ६–० ले पराजित गरेको छ । प्यालेस्टाइनस्थित फैसल अल–हुसेइनी रंगशालामा बुधबार भएको खेलमा दीपाले चार गोल गरिन् । यस्तै, गरिमा राईले दुई गोल गरिन् । खेलको २१औं मिनेटमा दीपाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

    २९औं मिनेटमा गरिमाले नेपालको अग्रता दोब्बर पारिन्। पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थप्यो। ६७औं मिनेटमा दीपाले गोल गर्दै नेपाललाई ३–० को अग्रतामा राखिन् ।

    ७५औं मिनेटमा दीपाले ह्याट्रिक गर्दै नेपालको अग्रतालाई ४–० मा पुर्याइन् । ८२औं मिनेटमा गरिमाले नेपालका लागि पाँचौ गोल गरिन्। यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा दीपाले चौथो गोल गर्दै टिमको अग्रतालाई ६–० मा पुर्याइन् । नेपालले अब आइतबार नर्थन मारियाना आइसल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend