logo

२०८३ असोज ७ बुधबार

पपुवा न्यूगिनीविरुद्ध आसिफको पहिलो अन्तर्राष्ट्रिय शतक

पपुवा न्यूगिनीविरुद्ध आसिफको पहिलो अन्तर्राष्ट्रिय शतक


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनीविरुद्ध शतक पुरा गरेका छन् । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आसिफले पपुवा न्युगिनीसँग पहिलो शतक बनाएका हुन् ।

    उनले यसअघि ७ अर्धशतक बनाएपनि शतक भने पहिलो हो । यसका साथै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा एकहजार रन पुरा गरेका छन् । यसअघि कप्तान रोहित पौडेलले पनि एकहजार रन पुरा गरिसकेका छन् ।

    आसिफले यसअघि नेपालबाट ओडिआई खेलमा ७ अर्धशतक प्रहार गरेका छन् । ७ मध्य ४ अर्धशतकमा उनले प्लेयर अफ द म्याच चुनिएका थिए । कुशल भुर्तेलपछि आसिफ नेपालबाट ओपनरको रुपमा शतक हान्ने दोस्रो खेलाडी हुन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend