logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा ५० अंकको बृद्धि

नेप्सेमा ५० अंकको बृद्धि


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बिहीबार उच्च अङ्कले बढेको छ । बिहीबार नेप्से ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स, बीमा, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    बजार बढेको दिन दुई सय ६२ वटा कम्पनीका ४५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर १० प्रतिशत र नेपाल इन्सुरेन्स कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरे सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे एक प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend