logo

२०८३ साउन १३ बुधबार

सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो

सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो


हाम्रो राष्ट्र
  • बिहिबार, २४ जेष्ठ २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।

    त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend