logo

२०८३ साउन १३ बुधबार

नेपालमा पहिलोपटक विषयगत कार्निभल महोत्सव आयोजना हुने

नेपालमा पहिलोपटक विषयगत कार्निभल महोत्सव आयोजना हुने


हाम्रो राष्ट्र
  • बिहिबार, २४ जेष्ठ २०८१
  • 8K
    SHARES

    काठमाडौं । नेपालमा पहिलोपटक विषयगत कार्निभल महोत्सव आयोजना हुने भएको छ । पछिल्लो पुस्ताबीच लोकप्रिय पप संस्कृति, सङ्गीत, नेपाली कला र संस्कृतिको विविध सौन्दर्यलाई बाहिर ल्याउन महोत्सव आयोजना गर्न लागिएको हो । कार्निभलमा हुने विभिन्न गतिविधिहरू मार्फत युवाहरूलाई एकजुट हुन, सामाजिकीकरण गर्न, नेटवर्क गर्न, रमाइलो गर्न र आफ्नो प्रतिभा प्रदर्शन गर्ने ठाउँका रुपमा विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको सञ्चालक यशस्वी शाहले जानकारी गराउनुभयो । शाह र सहयात्री पुष्पीका थापालगायतले गत बर्षबाट यस्तो हाट बजार सञ्चालन गर्दै आएका छन् ।

    अन्नपूर्ण होटलमा ७ असार अर्थात जुन २२ तारिख दिउँसोदेखि नै कार्निभल आयोजना गरिनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रमसगै,हाट मेला पनि हुनेछ । स्थानीय विक्रेता, स्टल, माटाका भाँडा, चित्रकला, खेल आदी कुराहरु पनि अवोलकन गर्नमात्रै नभएर खरिद गर्न सकिनेछ । महोत्सवमा दिउँसोदेखि नै धेरै कलाकारहरूको सांगीतिक, सांस्कृतिक र नृत्य प्रस्तुत गर्नेछन् । शाहका अनुसार साँझ सविन राई, रचना दाहालसहित केही ब्यान्डको प्रस्तुत रहनेछ । महोत्सवका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    Ticket link: https://khalti.com/go?t=event&idx=ET24BABG89WL

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend