logo

२०८३ असोज ७ बुधबार

युक्रेनको आणविक प्लान्ट आक्रमण अस्वीकार्य चुनौती : फ्रान्स

युक्रेनको आणविक प्लान्ट आक्रमण अस्वीकार्य चुनौती : फ्रान्स


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    ZAPORIZHZHIA, UKRAINE - MARCH 4: A screen grab captured from a video shows a view of Zaporizhzhia nuclear power plant during a fire following clashes around the site in Zaporizhzhia, Ukraine on March 4, 2022. (Photo by Zaporizhzhia Nuclear Power Plant/Anadolu Agency via Getty Images)

    फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य सुरक्षाका लागि अस्वीकार्य चुनौती’ उत्पन्न भएको चेतावनी दिएको छ ।

    फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता एनी–क्लेयर लेजेन्ड्रेले भने, “फ्रान्सले जापोरिजिया प्लान्टमा ग्रिडबाट नयाँ सम्पर्क विच्छेद भएको सूचनाप्रति चासो लिएको छ ।”

    युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रमा आणविक ईन्धन राख्ने ‘रिएक्टर’ र पूलहरू चिसो गर्न पानी परिचालित गर्ने पम्पहरू सञ्चालन गर्न बिजुली आवश्यक छ । देशभरका ऊर्जा पूर्वाधारलाई लक्षित गरी रूसी आक्रमणको नयाँ लहर चलिरहेका बेला यो अवरोध आएको हो ।

    युक्रेनी आणविक ऊर्जा अपरेटर इनर्गाेएटमका अनुसार यो प्लान्ट जेनेरेटरबाट सञ्चालित छ, जसले १० दिनको लागि सुविधाको ऊर्जा आवश्यकता पूरा गर्न सक्छ ।

    संयुक्त राष्ट्रसंघीय आणविक निकायका प्रमुखले बिहीबार नै उक्त स्थानमा पटक–पटक विद्युत् कटौती हुन सक्ने चेतावनी दिएका थिए ।

    आईएईएका प्रमुख राफेल ग्रोसीले रूसले एक वर्षअघि कब्जा गरेयता छैटौं पटक र नोभेम्बर यता पहिलो पटक जपोरिजिया विद्युत् ग्रिडबाट काटिएको बताए ।

    ग्रोसीले कीभ र मस्कोसँग प्लान्टको वरिपरि एक सुरक्षा क्षेत्र स्थापना गर्न प्रयास गर्न धेरै महिनादेखि परामर्श गरिरहेका छन्, तर वार्ता रोकिएको देखिन्छ ।

    फ्रान्सले विशेष गरी स्टेशनको वरिपरि सुरक्षा क्षेत्र स्थापना गर्ने दिशामा युक्रेनमा आणविक सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आईएईएको कार्यलाई समर्थन जारी राख्ने उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend