logo

२०८३ साउन १३ बुधबार

स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मेरो मार्गनिर्देशक सिद्धान्तः राष्ट्रपति

स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मेरो मार्गनिर्देशक सिद्धान्तः राष्ट्रपति


हाम्रो राष्ट्र
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको काम, कर्तब्य तथा जिम्मेवारी बहन गर्दा संविधानका अक्षर र भावनालाई आत्मसात गर्ने बताएका छन् ।

    राष्ट्रपतिमा निर्वाचित भएपछि बिहीबार राति विज्ञप्ति जारी गरी पौडेलले दिगो शान्ति, सुशासन तथा विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहेको बताएका हुन् ।

    उनले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्नो मार्गनिर्देशक सिद्धान्त रहेको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend