logo

२०८३ असोज ७ बुधबार

बीएमडब्ल्यूको वार्षिक मुनाफा २८ प्रतिशतले बृद्धि

बीएमडब्ल्यूको वार्षिक मुनाफा २८ प्रतिशतले बृद्धि


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    जर्मन कार निर्माता कम्पनी बीएमडब्ल्यूले सन् २०२२ मा वार्षिक मुनाफामा तीव्र वृद्धि भएको छ ।आरामदायी गाडीको उच्च मूल्यले आपूर्ति शृङ्खला अवरोधको कारण आपूर्तिमा गिरावटको पूर्ति गर्न मद्दत पुर्याएको छ ।

    म्युनिखस्थित समूहले गत वर्ष १८ अर्ब ६० करोड युरो खुद नाफा कमाएको थियो, जुन सन् २०२१ को तुलनामा ४९ प्रतिशतले बढी हो ।समूहको आम्दानी २८ प्रतिशतले बढेर १४२ दशमलव ६ अर्ब युरो पुगेको छ ।

    बीएमडब्लूले भनेको ‘ठोस’ आँकडा, वाहनहरूमा मूल्य निर्धारण संशोधनको साथै चिनियाँ संयुक्त उद्यम बीबीएको पूर्ण एकीकरणले नाफा आर्जनमा महत्वपूर्ण योगदान गरेको बताएको छ ।

    समूहले सन् २०२२ मा २४ लाखभन्दा कम गाडी आपूर्ति गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४ दशमलव ८ प्रतिशतले कम हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend