logo

२०८३ साउन १५ शुक्रबार

माओवादीधारका पार्टीले शान्ति प्रक्रियाकाबारेमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने

माओवादीधारका पार्टीले शान्ति प्रक्रियाकाबारेमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । माओवादी धारका पार्टीहरुले संयुक्तरुपमा शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन अपील गर्ने भएका छन् ।

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीधारका पार्टीका नेताहरुको बैठकले आगामी आइतबार संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाकाबारेमा आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

    पत्रकार सम्मेलन अघि संयुक्त अपीलसमेत जारी गरिनेछ । अन्तरक्रियामा माओवादी घटकका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनुपर्ने भन्दै राजनीतिक स्थिरता र स्थायी शान्तिको पक्षमा जनतामा जाने निर्णय पनि बैठकले गरेको छ ।

    संयुक्त पत्रकार सम्मेलनपछि फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाकाबारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादीका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । बैठकले शान्ति प्रक्रियालाई विथोल्न खोजिएको भन्दै आपत्तिसमेत जनाएको छ ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध दर्ता भएको रिट अदालतको कानूनी प्रक्रिया अनुसार अघि बढ्ने बताए । शान्ति प्रक्रिया उल्ट्याउने खालका प्रवृत्तिहरु देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको उनले बताए ।

    बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (क्रान्तिकारी–माओवादी) का नेता सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका नेता हिसिला यमी, नेकपा (बहुमत) का नेता हेमन्तप्रकाश ओली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, नेताहरू कृष्णबहादुर महरा, देव गुरूङ, जनार्दन शर्मा, देवेन्द्र पौडेल, खड्कबहादुर विक प्रकाण्ड, कर्णजीत बुढाथोकी लगायत उपस्थित थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend