logo

२०८३ असोज ७ बुधबार

भेटेरान्स एथलेटिक्समा पदक जित्ने खेलाडी सम्मानित

भेटेरान्स एथलेटिक्समा पदक जित्ने खेलाडी सम्मानित


हाम्रो राष्ट्र
  • बिहिबार, २१ असार २०८१
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल एथलेटिक्स संघले अन्तर्राष्ट्रिय ओपन भेटेरान्स एथलेटिक्स च्याम्पियनसिप २०२४ मा पदक जितेर फर्केका खेलाडीहरुलाई सम्मान गरेको छ । संघका अध्यक्ष राजिवविक्रम शाहले आज खेलाडीहरुलाई काठमाडौंमा सम्मान गर्नुभएको हो। बंगलादेश भेट्रान्स एथलीट संघको आयोजनामा ​​र बंगलादेश एथलेटिक्स फेडेरेसन (बाफ) को सहयोगमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो ।

    दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र आयोजक बंगलादेशका करिब ३ सय ४० खेलाडी र ६० प्रशिक्षक, प्रबन्धकको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा नेपालबाट ७ जनाको सहभागिता रहेको थियो । पुरुष खेलाडीको उमेर ३५ देखि ७० वर्ष र महिला खेलाडीको उमेर ३५ देखि ६५ वर्ष तोकिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend