logo

२०८३ साउन १३ बुधबार

तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

    अघिल्लो दिन प्रतितोला एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच सय थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend