logo

२०८३ साउन १४ बिहिबार

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले पार्टी अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन् ।

    चौधरीका अनुसार उपराष्ट्रपतिको उम्मेदवारका रूपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिनेछ । । श्रेष्ठ कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभाकी सांसद हुन् ।

    बिहीबार जसपाले पनि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । उपराष्ट्रपतिका लागि फागुन २७ मा उम्मेदवारी दर्ता हुँदैछ भने चैत ३ गते निर्वाचन हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend