logo

२०८३ साउन १३ बुधबार

ए डिभिजन लिगमा थ्री स्टारको पहिलो जित

ए डिभिजन लिगमा थ्री स्टारको पहिलो जित


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । खुमलटार युथ क्लवलाई हराउँदै थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

    ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शुक्रबार भएको खेलमा थ्री स्टारले खुमलटार युथ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो ।

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो । थ्री स्टारको जित अजयी मार्टिन्सले नै दुई गोल गरेका हुन् ।

    पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब दिएर खेलेपनि स्कोर गर्न भने असफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको थ्रीस्टारका लागि ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गरेका थिए ।

    यससँगै थ्री स्टारले तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ । यसै सिजन बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend