logo

२०८३ साउन १४ बिहिबार

मुख्यमन्त्रीमा कांग्रेसका लामाले दाबी पेस गर्दै

मुख्यमन्त्रीमा कांग्रेसका लामाले दाबी पेस गर्दै


हाम्रो राष्ट्र
  • सोमबार, ७ साउन २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नुभएको हो ।

    मुख्यमन्त्री शालिकराम जम्कट्टेलको हिजो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएका प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ ।

    कांग्रेस संसदीय दलका नेता लामाले आज नै दाबी पेश गर्ने तयारी भएको जानकारी दिनुभयो । एमाले–कांग्रेसबीच मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ । आज बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गरिनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend