logo

२०८३ साउन १३ बुधबार

अमेरिकामा विद्यार्थीहरुको प्रमाणपत्रलाई भन्दा क्यारियरतर्फ ध्यान

अमेरिकामा विद्यार्थीहरुको प्रमाणपत्रलाई भन्दा क्यारियरतर्फ ध्यान


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    संयुक्त राज्य अमेरिकामा लाखौँको सङ्ख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको पाइएको छ ।

    ‘नेसनल स्टुडेन्ट क्लियरिङ हाउस’को तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२२ सम्ममा देशभर स्नातक तहको भर्ना दर ८ प्रतिशतले घटेको छ । अमेरिकी श्रम साङ्खिकी ब्यूरोका अनुसार सन् २०१८ यता कलेज जाने दरमा आएको गिरावट अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

    यसले कलेजबाट लिइने डिग्रीको मूल्यमा थोरै विश्वास गर्ने नयाँ पुस्तालाई सङ्केत गर्न सक्ने अर्थशास्त्रीहरूले विश्वास गरेका छन् । धेरै विद्यार्थीहरू उच्च ट्यूशन र कलेज जाँदा विद्यार्थी ऋणको सम्भावनाबाट विचलित भएका रिपोर्टमा बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend