logo

२०८३ साउन १३ बुधबार

मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै


हाम्रो राष्ट्र
  • शुक्रबार, ११ साउन २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend