काठमाडौं । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित जाजरकोटमा भलिबल प्रतियोगिता हुने भएको छ । कालाभुर ग्यालरीले १२ भदौं मेला २०८१ आयोजना गर्न लागेको हो । परम्परागत, रितिरिवाज, सांस्कृतिक र धार्मिक रुपले महत्वपूर्ण मानिएको भदौ मेलाको अवसरमा वडा स्तरीय पुरुष भलिबल खेल गर्न लागिएको हो ।
दर्ता शुल्क तीन हजार तोकिएको छ भने जित्ने टीमले क्रमश ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार साथमा ट्रफी र मेडल अनि प्रमाणपत्र पाउँनेछन् । दर्ता भदौं ८ गते हुनेछ भने खेल दीपेन्द्र माविको मैदानमा भदौं ९ दखि १२ गतेसम्म खेलाइनेछ । मेलामा भलिबलबाहेक अन्य खेलकुद पनि आयोजना गरिने आयोजकलले जानकारी गराएको छ ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend