logo

२०८३ साउन १४ बिहिबार

पारस सम्मिलित एसिया लायन्स विजयी

पारस सम्मिलित एसिया लायन्स विजयी


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्समा जित हात पारेको छ ।

    कतारको दोहामा गएराति भएको पहिलो खेलामा एसियाले इन्डिया महाराजाजलाई ९ रनले पराजित गरेको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको इन्डियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रनमात्र जोड्न सक्यो ।

    इन्डियाका लागि कप्तान गौतम गम्भिरले सर्वाधिक ५४ रन तथा मुरली विजयले २५ रन जोडे । एसियाका लागि सोहेल तनविरले सर्वाधिक ३ विकेट हात पारे ।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । मिसबाह(उल(हकले ७३ रन तथा उपुल थरंगाले ४० रनको योगदान गरे । पारस खड्का ३ रनमा अविजित रहे । इन्डियाका लागि स्टुआर्ट बिन्नी र परभिन्दर अवानाले समान २/२ विकेट हात पारे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend