logo

२०८३ साउन १३ बुधबार

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

    शाक्यका प्रस्तावक पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन् । उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल छन् ।

    उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend