logo

२०८३ असोज ७ बुधबार

जसपाबाट उपराष्ट्रपतिमा यादवको उम्मेदवारी दर्ता

जसपाबाट उपराष्ट्रपतिमा यादवको उम्मेदवारी दर्ता


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    शनिबार संसद भवन नयाँबानेश्वर पुगेर उनले उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। त्यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन् ।

    निर्वाचन आयोगले महिला उम्मेदवारी दर्ता गराउन भनेकाले जसपाको तर्फबाट दुइटा उम्मेदवारी दिइने बताइएको छ। अर्को उम्मेदवारी प्रमिला कुमारीले दिने बताइएको छ । नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छिन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend