logo

२०८३ साउन १३ बुधबार

चार मन्त्रालयसहित कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस

चार मन्त्रालयसहित कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस


हाम्रो राष्ट्र
  • शुक्रबार, १८ साउन २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ । कांग्रेसले राजीव विक्रम शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने भएको छ ।

    त्यस्तै, घनश्याम भण्डारी, सामाजिक विकास मन्त्रालय, सुरेश अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण र विजया बुढा जलस्रोत तथा उर्जा विकास मन्त्री बन्नुहुने भएको छ । गत २७ चैतमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल संविधानको धारा १६८ को उपधारा २ अनुसार नेकपा माओवादी केन्द्रसहित दलहरूको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

    तर केन्द्रको सत्ता परिवर्तनपछि माओवादीले यहीँ साउन ६ मा आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको थियो । कँडेलले समर्थन फिर्ताको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । कुल ४० सिट रहेको कर्णाली प्रदेशमा माओवादी केन्द्रका १३, कांग्रेसका १४, एमालेका सभामुखसहित १०, राप्रपाका एक र नेकपा समाजवादीका एक प्रदेश सभा सदस्य छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend