logo

२०८३ असोज ७ बुधबार

मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने


हाम्रो राष्ट्र
  • आइतबार, २० साउन २०८१
  • 2.2K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन १९ गते विश्वासको मत लिने हुनुभएको छ ।

    नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सोसम्बन्धी विषयको प्रस्ताव यही साउन २१ गते राख्ने व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । उहाँले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाउनुभयो ।

    कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend