काठमाडौं । नेपाली कांग्रेसका चार जना मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा रहनुभएको छ । मुख्यमन्त्री कँडेलको सिफारिसमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउनु भएको हो ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित १ राज्यमन्त्री र २ मन्त्री गरि ४ जना मन्त्री भइसकेका छन । माओवादीले साउन ७ गते कक्डेल सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार विस्तारको बाटो खुलेको थियो। कांग्रेस सरकारमा गएसँगै मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend