काठमाडौं । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत, र ३१ कास्यसहित ८६ पदक जितेर अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड, र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन्।
दोस्रो स्थानमा रहेको चीनले २२ स्वर्ण, २१ रजत, र १६ कास्यसहित कुल ५९ पदक जितेको छ। तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत, र ९ कास्यसहित कुल ३५ पदक प्राप्त गरेको छ।
चौथो स्थानमा फ्रान्सले १३ स्वर्ण, १६ रजत, र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत, र १९ कास्यसहित कुल ४६ पदक जितेको छ।
दक्षिण कोरिया छैठौँ स्थानमा ११ स्वर्ण, ८ रजत, र ७ कास्यसहित कुल २६ पदकसहित रहेको छ। जापानले ११ स्वर्ण, ६ रजत, र १२ कास्यसहित २९ पदक जितेर सातौँ स्थानमा छ।
आठौँ स्थानमा रहेको इटालीले ९ स्वर्ण, १० रजत, र ७ कास्यसहित कुल २६ पदक जितेको छ। नेदरल्यान्डसले ८ स्वर्ण, ५ रजत, र ६ कास्यसहित कुल १९ पदक प्राप्त गर्दै नवौँ स्थानमा छ। जर्मनीले ८ स्वर्ण, ५ रजत, र ४ कास्यसहित कुल १७ पदक जितेर शीर्ष दशमा अन्तिम स्थानमा रहेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend