logo

२०८३ असोज ७ बुधबार

ए डिभिजन लिगमा संकटाको पहिलो जित

ए डिभिजन लिगमा संकटाको पहिलो जित


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले पहिलो जित निकालेको छ । शनिबार च्यासल मैदानमा नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो ।

    संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे । संकटाका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा गणेशले गरेका थिए भने खेलको ८० औं मिनेटमा रोशनले दोश्रो र ८६ औं मिनेटमाा सुरजले टिमका लागि तेस्रो गोल गरेका थिए ।

    जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।

    त्यस्तै शनिबार नै भएको अर्को खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ । जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend