logo

२०८३ साउन १४ बिहिबार

टस जितेर नेपाल ब्याटिङमा

टस जितेर नेपाल ब्याटिङमा


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । यससँगै युएईले अब सुरुआतमा फिल्डिङ गर्ने भएको छ । आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखिएको छ । उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झा समावेश छन् ।

    नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलशन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।

    घरेलु मैदानमा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो । नेपाल आजको खेलमा पनि जित हासिल गर्न चाहन्छ । यता युएई पहिलो खेलमा पपुवा न्यूगिनीसँग पराजित भएको थियो । युएई पनि पहिलो जितको खोजीमा रहेको छ ।

    सात राष्ट्र सम्मिलित विश्वकप लिग–२ मा नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको छ भने युएई छ्रैटाँै स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend