logo

२०८३ साउन १४ बिहिबार

अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई सपथ

अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई सपथ


हाम्रो राष्ट्र
  • आइतबार, २ भाद्र २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा मनोनित केन्द्रीय सदस्यलाई सपथ गराउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय सदस्यद्वय मञ्जुशर्मा चालिसे (बागलुङ) र कुन्दन कुसवाह (रौतहट)लाई सपथ गराउनुभएको थियो ।

    अध्यक्ष ओलीले पार्टीको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनित केन्द्रीय सदस्यलाई सपथ गराउनुभएको हो ।

    गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १६ जना केन्द्रीय सदस्यलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो । मनोनित गरिएका दुई जना केन्द्रीय सदस्य सपथ छुटेकाले आज गराइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो । बाँकी सदस्यलाई गत साउन २० गते सपथ गराइएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend